समाचार

साईन नेपालद्वारा धनगढीमा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन

धनगढी । मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाले आयोजना गरेको नि:शुल्क कम्प्युटर कोर्ष सुरु भएको छ ।
सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले १ सय ६४ जनालाई नि:शुल्क कम्प्युटर कोर्षमा सञ्चालन गरेको हो ।
धनगढी उपमहानगरपालिकालाई कम्प्युटर प्रविधि क्षेत्रमा सुदृढ बनाउने हेतुले सञ्चालन गरेको नि:शुल्क कम्प्युटर कोर्षमा उपमहानगरपालिकाको सिफारिसमा प्रशिक्षार्थीहरु सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । उहाँले गरिब,विपन्न ,असहाय तथा उत्पीडित परिवारका व्यक्तिहरुको आर्थिक पक्ष सुधार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
विभिन्न सामाजिक पक्षका कमजोरीहरुलाई सुधार गरि व्यक्तिहरुलाई उपार्जनमुखी बनाउने लक्ष्यका साथ अघि बढेको साईन नेपाल संस्थाले सुदुरपश्चिमका १२ वटा स्थानिय पालिकाहरुमा समन्वय गरि केयर एण्ड रिलिफ परियोजना कार्यक्रम गरिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page