शिक्षा

सप्तरीको कञ्चनरुपमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न

कञ्चनरुप , १८ फागुन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकाले नगर स्तरीय वक्तृत्वकला प्रतियोगीता आज सम्पन्न गरेको छ ।
नगरपालिका भित्र रहेका माध्यमिक विद्यायका बालवालिकाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘महिला सुरक्षा र रोजगार समृद्ध नेपालको आधार’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको महिला तथा वालवालिका शाखाकी महिला विकास अधिकृत सुशिला चौधरीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख वसन्त कुमार मिश्रले बालबालिकाहरुको उमेर सिर्जनशील उमेर भएकाले सिकाईको वातावरण मिलाई दिनु पर्ने बताउदै उहाँले यस्ता कार्यक्रमले बालबालिकाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि नगरले उल्लेखीय रुपमा बजेट विनियोजन गरेकोे नगर प्रमुख मिश्रले बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेलले बालबालिकाको हक अघिकार प्रर्बद्धन भएमा मात्र उनीहरुलाई अनुशासित, मर्यादित बनाउनको लागि सजिलो हुने बताउनुभयो ।
नगर स्तरीय गराइएको प्रतियोगितामा शंकर माध्यमिक विद्यालय रुपनगरकी छात्रा अग्रता खड्का प्रथम , शंकर माध्यमिक विद्यालय सुब्बाटोलकी प्रतिभा यादव द्वितिय तथा शंकर माध्यमिक विद्यालय सुब्बाटोलका छात्र सरोज सरदार तृतीय भएका छन् ।

प्रतियोगितामा नगरका विभिन्न माध्यमिक विद्यालयका १२ जना बालबालिकाहरुले भाग लिएका थिए ।
कार्यक्रमा शिक्षा शाखाका ललित नारायण यादव , महिला अधिकारकर्मी सविता न्यौपाने, शंकर मावि रुपनगरका प्रधानाध्यापक गंंगाप्रसाद साह लगायत नगरकाभित्रका माध्यमिक विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो ।

वक्तृत्वकला प्रतियोगीतामा प्रथम, द्वितिय र तृतीय हुने बालवालिकाहरुलाई १११ औं अन्तराष्ट्रिय महिला दिवस फाल्गुन २४ गते प्रदान गरीने सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाकी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो ।
नगर प्रमुख वसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page