कोशी प्रदेश समाचार

भद्रपुरबाट ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, फागुन , १९ गते । प्रहरीले झापामा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ६ का २६ वर्षीय विशाल मण्डललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले आज दिउसो पौने ३ बजे भद्रपुर ५ स्थित बसपार्कमा लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, भिभो कम्पनीको दुई थान मोवाइल फोन र WB74A Q3864 नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page