स्वास्थ्य

एक दिने प्रजन्न स्वास्थ्य सेवा शिविरमा १ सय २३ जनाले लाभ लिए

कञ्चनरुप , २०७७ फागुन २० गते । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीले बिहीवार स्वास्थ्य चौकी बरमझियामा एक दिने प्रजन्न स्वास्थ्य सेवा शिविर सम्पन्न गरेको छ ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वस्थ रहनाका लागि खानपिनमा ध्यान दिई सरसफाइमा समेत ध्यान पु¥याउनु पर्ने बताउनुभयो । उहाँले बेलाबेलामा स्वास्थ्य जाँच गराएमा रोगलाई सरल तरिकाले न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेलले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखि बेलाबेलामा विभिन्न रोग सम्बन्धि शिविर सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्रप्रसाद यादव , लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि स्वास्थ्यकर्मीहरुले काम गरिरहेको बताउनुभयो ।

सो शिविरमा सेतो पानी बग्ने, पाठेघर खस्ने, तल्लो पेट दुख्ने, पाठेघरको मुखमा संक्रमण भएको ९९ जना र अन्य गरी १ सय २३ जना बिरामीको निशुल्क जाँच गर्नुका साथै डाक्टरको निर्देशन अनुसारको सबै औषधी निशुल्क वितरण गरिएको गुप्ताले जानकारी दिनुभयो ।
डा. आकाश रौनियार, स्टाफ नर्स कविता गुप्ता र नर्स किरण गुप्ता लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको जाँच गरेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page