स्वास्थ्य

स्वास्थ्य शाखा कंचनपुरद्वारा आइ.एम.एन.सिआई सम्बन्धि समिक्षा गोष्ठि सम्पन्न

कञ्चनरुप , २१ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले शुक्रवार आइएम.एन.सिआई सम्बन्धि समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख वसन्तकुमार मिश्रले यो गोष्ठि नवजात शिशु कार्यक्रमसँग सम्बन्धित रहेको हुँदा स्वास्थ्यकर्मीहरुले बच्चाहरु साना उमेरमा बोल्न नसक्ने हुँदा घरका परिवारजनसँग सोधपुछ गरी रोगको पहिचान र स्वास्थ्यका बारेमा जानकारी लिई उपचार गर्नुपर्ने बताउनुभयो ।
उहाँले गरिब दलित र अशिक्षित भएको बस्तीमा गई स्वास्थ्यको पहुँच बढाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, स्वास्थ्यकर्मीद्वय लक्ष्मीनारायण चौधरी, भरतप्रसाद गुप्ता, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले कुपोषण र सन्तुलित भोजनका बारेमा अभिभावकहरुमा जनचेतना फैलाई श्वासप्रश्वास रोग सम्बन्धि ५ वर्ष मुनि र माथिका बच्चाहरुको वर्गिकरण गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले संघ, प्रदेश , स्थानिय स्तरको आइएम.एन.सिआई तथा नवजात शिशु कार्यक्रम बारे छलफल गरी आ.व. २०७७÷२०७८ को स्थानिय तह स्तरीय कार्यक्रम कार्यन्वयनको योजना बनाउने उदेश्यका साँथ समिक्षा गोष्ठिको आयोजना गरिएको बारे जानकारी गराउनुभयो ।
नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागी समिक्षा गोष्ठिमा स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले अध्यक्षता गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page