राजनीति

सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच तीन बुँदे सहमति ; प्रतिबन्ध हट्यो

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आज तीनबुँदे सहमति भएको छ ।
विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयमा दुईपक्षीय बार्ताटोलि बिच सहमति भएको हो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ । विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page