राजनीति

सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सकारात्मक

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page