राष्ट्रिय समाचार

आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

सप्तरी , २४ फागुन । आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
राजनितिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्‍याली, गोष्ठी तथा अन्तक्रिया लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page