शिक्षा

यस वर्षको एसइई परीक्षा जेठ १३ देखि र कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन हुने

काठमाडौं , २५ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ देखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले जनाएको छ ।
बोर्डको आजको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यस वर्षको एसइई परीक्षा पनि बोर्डले नै लिनेछ ।
मन्त्रीपरिषद्को निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साबिक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ उल्लेख छ ।
त्यसैगरी बैठकले कक्षा १२ को परीक्षा पनि जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको छ ।
जेठ २६ देखि असार ४ गतेसम्म परीक्षा हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page