राजनीति

सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्डराखी कार्यालय स्थापना

कञ्चनरुप / सप्तरी, २०७७ फागुन २६ गते । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेलीनवादी (एमाले) को बोर्ड राखी कार्यालय स्थापना गरिएको छ ।
एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको उपस्थितिमा राजविराज–८ मदननगर स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।
ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सप्तरी लेखिएको बोर्ड राखेका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page