खेलकुद

भारोत्तोलन प्रतियोगताको दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा

सप्तरी , १ चैत । सप्तरीको राजविराजमा संचालनमा रहेको देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगताको दोस्रो दिन आज आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको छ ।
अघिल्लो दिन एक स्वर्ण जितेको नेपाल प्रहरीले दोस्रो दिन महिलातर्फ ८ स्वर्ण र पुरुषतर्फ एक स्वर्ण थप्दै स्वर्ण पदकको संख्या १० पु¥याएको छ ।
त्यसैगरी ७ स्वर्ण जित्दै वर्दिया नेपाल प्रहरीलाई पछ्याइरहेको छ । यस्तै नेपाल सेना, बाँके र सशस्त्र प्रहरीले ३/३ स्वर्ण तथा सप्तरी, कंचनपुर र कास्कीले २/२ स्वर्ण हात पारेका छन । दाङ र पर्साले १/१ स्वर्ण जितेको छ ।
दोस्रो दिनका बिजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पुरस्कार बितरण गर्नुभएको छ ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको छ भने महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भइरहेको आयोजक समितिले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page