खेलकुद

भारोत्तोलन प्रतियोगिताको नवप्रतिभाशाली खेलाडीमा सरिता र अशोक पुरस्कृत

सप्तरी , २ चैत । भारोत्तोलनका राष्ट्रिय खेलाडी देबसुन्दर यादवको स्मृतिमा राजविराजमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएका छन् ।
सात स्वण जित्दै बर्दिया दोश्रो तथा समान ४÷४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेका छन ।
आइतबार अबेर रातीसम्म चलेको प्रतियोगिताको सोमबार अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भए ।
त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुन स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।
प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारी आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नाका साथै नव प्रतिभाशाली खेलाडी घोषित भएका हुन । उनीहरुले स्वर्ण पदकवापत पदक र प्रमाणपत्र तथा नव प्रतिभाशाली खेलाडीवापत कप र रु पाँच हजार प्राप्त गरे ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page