समाचार

मोरङबाट ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

विराटनगर , चैत्र २ गते । मोरङको जहदा १ लंकाटोलबाट ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरिएको छ ।
बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिव लाल रायलाई पक्राउ गरिएको हो ।
ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार राती साढे १ बजे मोरङको जहदा १ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग ५७ काटुन, पलपल ४० काटुन, सोफीका ३७ काटुन, हरपल १ सय ५२ काटुन र कार्टुनमा प्याक नभएको १ हजार ९ सय ९५ बोतल मदिरा बरामद गरेको हो ।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको डब्लु.बि.२० जेड १०८७ नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिवलाल रायलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page