समाचार

सप्तरीको राजगढ गाउँपालिकामा विष्णु महायज्ञ शुरू, १९ विद्यालयको पठनपाठन अबरुद्ध

सुधा देव /
राजविराज , २ चैत्र ।
विष्णु महायज्ञको बहानामा सप्तरीको राजगढ गाउँपालिकाको सबै विद्यालय सोमवार बन्द गरिएको छ।
महायज्ञमा सहभागी हुनकै लागि विद्यालय बन्द गर्न गाउँपालिका अध्यक्ष परमान्नद यादवले विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिएपछि पूर्व जानकारी नै नगरी बिद्यालय बन्द गरेपछि गाउँपालिकाका १९ वटा बिद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो।
श्री जनता शंकर माध्यमिक विद्यालयका एक विद्यार्थीले नाम न बताउने सर्तमा भनेू पूर्व सूचना विना बिद्यालय बन्द गरेपछि ठूला बिद्यार्थी देखि बालबिकास सम्मका बिद्यार्थी बिद्यालय आएर छुट्टि भएको सुन्दा अलपत्र परे।
विद्यार्थीहरूको एसईई जेठमा हुने भएको छ । कुनैपनि विषयको कोर्स पूरा भएको छैन । कसरी तयारी गर्ने ?
कोभिड १९ का कारण लामो समयसम्म बन्द भएर विद्यालय खुलेपछि कुनै पनि बाहानामा विद्यालय बन्द नगरि कोर्स पूरा गर्नु पर्नेमा भोज,राजनीतिक व्यक्तिको शोक ,धर्मकर्म लगायत बाहानामा बारम्बार विद्यालय बिदा दिदै आएको ती विद्यार्थीले गुनासो गरे।
बेल्हि मावि को दक्षिण पट्टि खेतमा विष्णु महायज्ञ हुदैछ । उक्त विद्यालयमा साधुसन्तको सुत्ने कोठा तथा स्टोरको रूपमा प्रयोग गरेकोले करिब दुई हप्ता देखिसो विद्यालयको पठनपाठन अवरुद्घ रहेको स्थानीयले बताए।
यस सम्बन्धमा श्री जनता शंकर मावि राजगढका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र यादवले आफूलाई विद्यालय बन्द हुने बिषयमा अग्रिम जानकारी नभएको बन्द भएपछि मात्र थाहा पाएको बताउनुभयो ।
राजगढ गाउँपालिका अध्यक्ष परमान्नद यादबले विष्णु महायज्ञमा शिक्षक , विद्यार्थी कर्मचारी लगायत सबैलाई एक दिन भएपनि धर्ममा भाग लिन बिदा गरिएको बताउनुभयो ।
यश सम्बन्धमा जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख फडिन्द्र खत्रीले स्थानीय चाँड पर्व लगायमा स्थानीय सरकारले बिदा दिने प्राबधान रहेपनि कोभिड १९ का कारण निकै दिनसम्म पठनपाठन अवरुद्ध रहेकोले समय ब्यबस्थापन गरेर कुनै पनि बाहानामा पठनपाठन अबरुद्ध नगरिदिएको भए राम्रो हुने थियो भन्नुभयो ।
सोमबारदेखि शुरु भएको महायज्ञ ९ दिनसम्म चल्ने छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page