अर्थतन्त्र

पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ;एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं , चैत्र ३ गते । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page