कोशी प्रदेश समाचार

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

धरान, चैत्र ४ गते । सुनसरीको धरानबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनको २२ वर्षीया श्रीमती पुन्य तामाङ रहेका छन् ।
मंगलबार दिउँसो उनीहरुलाई धरानको भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page