समाचार

प्रेस चौतारी नेपाल , शाखा सप्तरीको जिल्ला भेला यहि चैत्र १४ गते हुने

कञ्चनरुप (सप्तरी) ,चैत्र ४ गते । प्रेस चौतारी नेपाल सप्तरी शाखाले यहि चैत्र १४ गते शनिवारका दिन राजविराज स्थित अनुप दास धर्मशालामा जिल्ला भेला गर्ने भएको छ ।
बुधवार चौतारीको जिम्मेवार सदस्यहरुको बैठकले जिल्ला भेला गर्न उपसमिति र आर्थिक समिति गठन गरेको छ । सुखराम यादवको संयोजकत्वमा गठित उप समितिमा पुनम पोखरेल र डम्बर राई छन् भने आर्थिक समितिमा मनोहर पोखरेल र उत्तम आचार्य रहेका छन् ।
चौतारीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय र धारणा सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीको निर्वाचन प्रणाली खर्चिलो र भड्किलो हुँदै आएको र आर्थिक भारले समस्या र पेशामा विकृती बढाउँन थालेको निष्कर्ष निकाल्दै पहिलो चोटी तिनै तहको निर्वाचन एकैपल्ट प्रत्यक्ष प्रणालीबाट हुनगएको विदित्तै रहेको चौतारीले जारी गरीएको पे्रस विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रेस विज्ञप्तीमा केन्द्र, प्रदेश र विभिन्न शाखाहरुमा चैत्र २५ गते तोकिएको निर्वाचनमा सप्तरीका पत्रकार मित्रहरुको पनि ईच्छा र धारणाहरु सार्वजनिक हुने नै छ र निर्वाचनमा विभिन्न संगठन समूहबाट अध्यक्ष पद र अन्य पदका लागि उमेदवारी ईच्छा गरीरहँदा कसैको पनि बहुमत नपुग्ने भएकोले तालमेलको आवश्यकता रहेको उल्लेख रहेकोे छ । तालमेल गरेर दुई वा त्यो भन्दा बढी बहुमत बनाएर चुनावमा जानु भनेको एउटाको जित र अन्यको हार हुने हुँदा त्यसले समग्र पत्रकार र पत्रकारीताको एकताको हार हुने र सुमधुर सम्बन्धमा समेत खलल पुग्ने गरेको तितो यथार्थ चौतारी संगठनमा रहेको विज्ञप्तीमा जनाइएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ यसले फेरी पनि निर्वाचन खर्चिलो र भड्किलो हुने र पेशागत मर्यदामा समेत ह्रास पुर्याउने भएकाले सबै संगठन र समूह बीच तालमेल भएर एउटै समूह बनाउँन सके सर्वाेत्तम हुने हाम्रो संगठनको धारणा छ । पत्रकार महासंघमा आवद्व एउटै घरका परीवारका सदस्य भएको नाताले र महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न साथै सप्तरी जिल्लाको गौरवमय इतिहासलाई स्मरण गर्दै एकतालाई सुमधुर कायम राख्न चौतारीले महसुस गरेको कुरा उल्लेख गरीएको छ । साथै विज्ञप्तीमा फरक फरक धारमा आस्था र विश्वास राख्ने वा स्वतन्त्र रहने साथीहरु बीच एकता र आपसी मेलमिलापको संदेश दिन महासंघलाई साझा स्वरुप दिन आवश्यक रहेको ठहर गरीएको जनाइएको छ ।
सांगठनिक रुपमा जो जे भएपनि हाम्रो पेशा, समस्या र चुनौती एउटै भएकाले जो कोही समस्यामा पर्दा र आवश्यकता हुँदा हामी एकताबद्घ हुँदै आएका छौ । यसर्थ हाम्रो संगठन अन्तिम सम्म पनि सहमति र सहकार्यबाट सम्पूर्ण पत्रकारको जित र हित हुने ठहरका साथ सहमतिय प्रणालीबाट अगाडी बढ्न महासंघलाई साझा स्वरुप दिनुपर्छ भन्नेमा चौतारीको जोड रहेको जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मार्फत सम्पूर्ण अग्रज तथा विभिन्न संगठनका नेतृत्व वर्गलाई पहल लिन चौतारीले हार्दिक अनुरोध समेत गरेका छन् ।

पहलका वावजुत पनि निर्वाचनमै जाने स्थिति भएमा त्यसलाई लोकतान्त्रिक विधि मान्दै समावेसी, क्रियाशिल संगठन र पत्रकारहरुको प्रतिनिधित्व हुनेगरी महासंघमा सबैको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व गर्न सफलता मिलोस भनेर शुभकामना समेत व्यक्त गरीएको छ ।
प्रेस विज्ञप्ती मार्फत प्रेस चौतारी नेपाल एकताबद्घ भएर प्रेस संगठन बनेपछि निष्कृय बनेको संगठन पूनःप्रेस चौतारीमै व्युतिएपछि प्रेस चौतारी क्रियाशिल र सञ्चालनमा आएको जानकारी गरेको उल्लेख रहेको छ ।
साथै चौतारीमा आवद्व अग्रज सहकर्मी साथीहरुलाई संगठित हुन आग्रह गरेको छ । यसैगरी विज्ञप्तीमा प्रेस चौतारी नेपाल सप्तरी शाखालाई पुनगर्ठन र व्यवस्थित गर्न यहि चैत्र १४ गते राजविराजमा जिल्ला भेला राखिएको र सो भेलामा सम्बद्घ साथीहरुलाई सम्पर्कका लागि निमन्त्रणा समेत गरीएको अध्यक्ष खगेन्द्र कार्कीको हस्ताक्षरमा जारी विज्ञप्तीमा जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page