अर्थतन्त्र

आठ महिनामै २६ अर्ब रुपैयाँको मोबाइल आयात, राउटर किन्दा बाहिरियो डेढ अर्ब

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै साढे २६ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।
साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार आठ महिनामा ४९ लाख ९३ हजार थान मोबाइल सेट आयात भएका छन् ।
सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँ बराबरका ४१ लाख २२ हजार सेट आयात भएका छन् । यस्तै भारतबाट आठ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् ।
भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायतका देशबाट पनि मोबाइल आयात भएका छन् ।
गएको आर्थिक वर्ष २०७६र०७७ को पहिलो आठ महिनामा नेपालमा १४ अर्ब ३७ करोड रुपैयाँ बराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो ।
यस्तै आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको हो ।
यस्तै आठ महिनामा ७३ हजार पाँच सय थान स्मार्ट वाच नेपाल आयात भएको छ । यसको मूल्य १३ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै नेटवर्किङ स्विच आयातका लागि ४१ करोड रुपैयाँ बाहिरिएको छ । ujyaaloonline

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page