शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा २४ औं घण्टा फार्मेसी तथा प्रयोगशाला सेवा शुभारम्भ (सुरु)

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ९ चैत्र ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर अन्तर्गत २४ औं घण्टा फार्मेसी तथा प्रयोगशाला सेवा शुभारम्भ भएको छ ।
सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले प्रयोगशाला र फार्मेसीको रिवन काटेर उद्घाटन गर्नुभएको हो । केन्द्रले रु १ लाख सम्मको स्वास्थ्य उपचार बिमाकर्ताहरुलाई निःशुल्क उपचार गर्ने भएकाले यस केन्द्रमा बिरामी चेकजाँचका उपकरणहरु र औषधीको पूर्ण व्यवस्था गरी सेवा शुभारम्भ गरिएको छ ।

स्वास्थ्य केन्द्रमा २५ शैयाको अस्पताल सञ्चालन गरी सानातिना रोगको उपचार हुँदै आएको छ भने थप सेवाका लागि यो व्यवस्था मिलाइएको केन्द्रका डा. संजिव कुमार झाले बताउनुभयो ।

सो अवसरमा नगर प्रमुख बसन्त कुमार मिश्रले यस प्राथमिक स्वास्थ्य केन्द्र अब केन्द्र नरहेर जिल्ला स्तरको अस्पताल हुँने जानकारी दिँदै भन्नेभयो– यहाँ अब सबै प्रकारका रोगीहरुको उपचार गर्न सक्ने होस् भनेर सम्पूर्ण उपकरण र औषधीसँगै कर्मचारीको व्यवस्था मिलाउन आफू सक्दो लागेको छु । यस अस्पतालको निर्माण गर्न जग्गा थप गरी एक बिघाको क्षेत्रफल बनाएको र निकट भविष्यमै १५ शैयाको अस्पताल निर्माण हुने बताउनुभयो ।

उहाँले कोभिड १९ को समयमा यस नगरपालिकामा सुरक्षित रहन र कोरोनाको उउपचारका लागि राम्रो बन्दोवस्त मिलाएको भन्दै पूनः भारतमा यसको संक्रमण बढेको समाचार आएको र यसबाट बच्न (सुरक्षित हुन) तयारी अवस्थामा रहन सहभागी सम्पूर्णलाई आग्रह गर्नुभयो ।
शिक्षार स्वास्थ्यलाई आफूले विशेष निगरानीमा राखेर काम गर्दै आएको नगर प्रमुखको भनाइ थियो । उहाँले कार्यपालिकाके बैठकबाट स्वास्थ्य स्वयमसेवीकाहरुको स्वास्थ्य स्वास्थ्य बिमामा लाग्ने रकम नगरपालिकाले नै व्यहोरने गरि बिमा गराइदिने निर्णय गर्ने कुराको दाबी गर्नुभयो ।
स्वास्थ्य बिमा अन्तर्गत रु तीन हजार पाँच सय लाग्दछ र यस बिमा सेवाबाट पाँच जना सदस्य (घर परिवार) ले एक वर्ष सम्म जुनसुकै अवस्थामा निःशुल्क उपचार गर्न पाउने नेपाल सरकार स्वास्थ्य विभागले व्यवस्था लागु गरेको छ ।
यसैगरी नगर उपप्रमुख निरु पोखरेलले अब यस नगरपालिकाका जनताले सानातिना रोगको उपचार नभई अन्त जानुपर्ने समस्या नरहने बताउनुभयो । उहाँले डाक्टर कर्मचारीहरुको प्रशंसा गर्दै भन्नुभयो– २४ औं घण्टा फार्मेसी तथा प्रयोगशालाबाट सेवाग्राहीहरुले सेवा पाओस र कुनै प्रकारको गुनासो नआओस अपैक्षा रहेको छ । साथै स्वास्थ्य स्वयंमसेवीकाहरुको मेहनत र परिश्रमले आज गाउँबस्तीमा राम्रो प्रभाव परेको बताउँदै उनीहरुको सेवा सुविधाका बारेमा पनि नगरपालिकाले ध्यान पु¥याउने बताउनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य शाखाका संयोजक तथा जनस्वास्थ्य अधिकृत रामसेवक यादवले गर्नुभएको थियो भने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. संजिव कुमार झा, कार्यपालिका सदस्य निरज साह, स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव , बिमा कर्ता रेखा चौधरीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page