समाज

दोहोरो नागरिकता कसुर मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ

सप्तरी, १० चैत्र । दोहोरो नागरिकता कसुर मुद्दामा ६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर रहेका छन ।
फरार रहेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
२०७२ बैशाख १४ गते सप्तरी जिल्ला अदालतले ठाकुरलाई सो मुद्दामा २० हजार जरिवाना र एक वर्ष कैद सजाय फैसला गरेको थियो ।
सोमबार साँझ ठाकुरलाई अदालतमा पेस गरिएकोमा कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page