स्वास्थ्य

कञ्चनरुपमा दुई दिने लोप्रोसी पोस्ट एक्सपोजर प्रोफाइलेक्सि सम्बन्धि अभिमुखीकरण सम्पन्न

कञ्चनरुप (सप्तरी) , चैत्र ११ गते । आर्थिक उन्नतीका लागि स्वस्थ जीवन आवश्यक रहेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीद्वारा आयोजित स्वास्थ्यकर्मीहरुका लागि लोप्रोसी पोस्ट एक्सपोजर प्रोफाइलेक्सि कार्यक्रम सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै बुधवार नगर प्रमुख मिश्रले सो कुरा बताउनुभएको हो ।
स्वास्थ्यकर्मीहरुले सबै नागरिकको स्वास्थ्य अवस्थाका बारेमा निगरानि राखी सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने प्रमुख मिश्रले बताउनुभयो ।
नगरपालिकाले सानातिना रोग लाग्दैमा नगरबासीले उपचार गर्न बाहिर जानु नपरोस भनेर नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई सुधार गर्दै लगिएको र प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै लगिएको समेत जानकारी गराउनुभयो ।
कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा समेत नगरपालिकाले अपेक्षाकृत रुपमा कामहरु गरेको समेत उहाँले बताउनुभयो । अहिले छिमेकी मुलुक भारतमा कोरोनाले भयाभह रुप लिएको हुँदा त्यसको असर नेपालमा समेत पर्ने भएकाले स्वास्थ्यकर्मीहरुले सजग भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले नगरपालिकाले गरिब दलितका लागि स्वास्थ्य क्षेत्रमा विशेष प्याकेज प्रोग्राम संचालन गरि उनीहरुको स्वास्थ्यमा सुधार ल्याई आर्थिक उन्नतीका लागि लघुवित्त कार्यक्रम संचालन गरिने बताउनुभयो ।
स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव , पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगरपालिका भरिका स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागि अभिमुखिकरण कार्यक्रममा एनएलआरका प्राविधिक निर्देशक नन्दलाल बास्तोला , फिल्ड कोअडिनेटर माधवराज भट्टले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page