राष्ट्रिय स्वास्थ्य

संक्रमति संख्या बढ्दै गए परिस्थिती अनुसार लकडाउन गर्ने बारे स्वास्थ्य मन्त्रालयको निर्णय लिने

काठमाडौं । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थिती अनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताउनुभएको हो ।
‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भन्नुभयो, ‘संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’
चैत १५ र १६ गते मनाइने फागू पर्व (होली) लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page