राजनीति

रेशम चौधरी रिहाई अभियान अन्तर्गत क्षेत्र स्तरीय भेला शुरु

बृजमान तामाङ /
बिरेन्द्र बजार, १२ चैत ।
साँसद रेशम चौधरी रिहाई जागरण सभा तयारीका लागि क्षेत्रीय स्तरीय भेला शुरु भएको छ । जसपा निकट जनबर्गिय संगठन जनता समाजवादी थारु संघ केन्द्रिय समिती द्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित माबी भगवतपुरमा चैत २० गते हुने सभालाई सफल बनाउन क्षेत्रीय भेला शुरु गरेको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को भेला शुक्रबार खड्ग नगरपालिका स्थित खर्चुयाबाट शुरु गरिएको छ । सप्तरीको ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भेला आयोजना गरि जागरण सभाको तयारी गरिने समाजवादी थारु संघले जनाएको छ । क्षेत्रीय भेलामा पार्टिका नेताकार्यकर्ताहरु बृहत छलफल गरि राय सुझावबाट सभालाई परिणाममुखी बनाउनेमा जोड दिएको छ ।
सप्तरी निर्वाचन नम्बर ४ को भेलाको अध्यक्षता जसपाका केन्द्रिय सदस्य एबम जगारण सभा तयारी समितिका संयोजक कल्पना चौधरीले गरिन ।

भेलामा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रिय सदस्य अनिरुद्व सिंह यादव, दिनेश यादव, बिनोद चौधरी, जिल्ला अध्यक्ष केदार यादव लगायतका नेताहरूको उपस्थित रहेको थारु संघका केन्द्रिय सदस्य मिलन चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page