रामनारायण यादव /
सप्तरी , १३ चैत्र । सशस्त्र प्रहरीले सप्तरीबाट १८ किलो गाँजा बरामद गरेको छ ।
जिल्लाको बलान विहुल गाउँपालिका वडा नम्वर २ बाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । बिहीबार नेपालबाट भारततर्फ बोरामा प्याक गरी टाउँकामा बोकेर लैजादै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरुले फ्याकेर फरार भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बलान खोला भएर तस्करहरुले गाँजा भारततर्फ लैजादै गर्दा प्रहरीलाई देखेपछि तस्कर भागेको बताउनुभयो । गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उहाँले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment