समाज

सप्तरीमा पिकअप भ्यानले ठक्कर दिँदा एकको मृत्यु

कञ्चनरुप (सप्तरी) , १३ चैत । सप्तरीमा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हनुेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चाम बहादुर राना मगर रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page