समाज

सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद

कञ्चनरुप (सप्तरी) , १३ चैत । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ फुलकाहीबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टको कमान्डमा खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा पुरुषले लगाउने गन्जी (सेन्डो) ४ सय पिसगरी लगभग ४८ हजार मुल्य बराबरको कपडा बरामद गरेको हो ।
उक्त सामान आवश्यक कारबाहीका लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page