राजनीति

नेकपा एमाले सप्तरीद्वारा राष्ट्रियसभा संसदिय दलको नेतामा प्याकुरेललाई चयन गरिएकोमा धन्यवाद ज्ञापन

कञ्चनरुप (सप्तरी) , चैत्र १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सप्तरीले राष्ट्रिय सभा संसदिय दलको नेतामा सुमनराज प्याकुरेललाई चयन गरेकोमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई धन्यवाद ज्ञापन गरेको छ ।
पार्टी जिल्ला कमिटी सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा आज बसेको बैठकले सप्तरीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका राष्ट्रिसभा सदस्य प्याकुरेललाई संसदीय बोर्डको सदस्य तथा राष्ट्रिय सभा संसदिय दलको नेता चयन गरिएकोमा धन्यवाद दिएका हुन।
सर्वोच्च अदालतले नेकपाका तत्कालीन दुईपार्टि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युतियाएपछी राष्ट्रिय सभामा एमालेबाट दलको नेतामा प्याकुरेललाई सर्वसम्मतिले चयन गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page