राजनीति

अब नेपालमा शान्तिमैत्री वातावरण सुरु भएको छ : संसदीय दलका नेता प्याकुरेल

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), चैत्र १५ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश नं. २ सचिव एवं संसदीय दलका नेता सुमन राज प्याकुरेलले नेपालमा अब अशान्त , विग्रह समाप्त भएको बताएका छन् । उनले आइतवार कञ्चनरुप ९ स्थित फूलवारी पाटी प्यालेसमा राष्ट्रिय युवा संघ नेपाल सप्तरीको आयोजित भेटघाट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् । संविधान मान्दैनौ भन्ने दलहरु सरकारसंग सम्झौतामा आएर शान्तिमैत्री वातावरण भएको दावी गर्दै नेता प्याकुरेलले भने, लामो समय देखि भुमिगत रहेका विप्लव समूहका माओवादी र सिके राउतको पार्टी सम्झौतामा आएको हो ।
उनले पार्टी विभाजनको खास्यकुराहरु सुनाउँदै नेकपा एमाले प्रतिपक्षमा उभिएका समूह जस्तो छैन एमाओवादीमा गएका वा सोही पार्टीबाट आउँन ईच्छुकलाई यस पार्टीले स्विकार गर्ने बताए । व्यक्ति केन्द्रित हुदैन, पार्टीको नीति र सिद्घान्त लिइएर आउनेलाई पार्टी केन्द्रित गर्न सकिने छ कम्युनिष्ट पार्टीमा नीति चल्छ, व्यक्ति चल्दैन ।

नेता प्याकुरेलले अब पार्टीका सबै तह र तप्कामा कमिटी गठन गर्दै लैजाने जानकारी गराउँदै भने, यो त्यो भन्ने बेला छैन ईच्छुक र योग्यलाई संगठनको जिम्मेवारीमा समेट्नु पर्छ ।
उमेरले पाको, अशिक्षित, जस्ता व्यक्तिबाट राष्ट्रको समुन्नत विकासमा गाह्रो हुने भएकोले शिक्षित र यूवाशक्ति जुट्नु पर्ने उनले धारणा व्यक्त गरे । साथै यहि चैत्र भित्रमा सप्तरी युवा भेला गर्ने भनेर तयारीमा जुटेका युवाहरुलाई नीतिगत सुझाव समेत दिइएका थिए ।

जिल्ला भेलाका लागि क्षेत्रगत जिम्मा दिइएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मनिष श्रेष्ठले जानकारी दिइएका छन । उनको अनुसार कार्यक्रमका लागि चारै वटा क्षेत्रमा जिम्मेवारी छुट्टाइएका छन् । क्षेत्र नं. १ मा सचिवालय सदस्य संजय पासवान, केन्द्रिय सदस्य मनिष श्रेष्ठ र अभिषेक गुप्ता, क्षेत्र नं. २ मा सचिवालय सदस्य दिपक झा , केन्द्रिय सदस्य रञ्जन झा, क्षेत्र नं. ३ सचिवालय सदस्य चित्तरञ्जन यादव, रञ्जन झा, क्षेत्र नं. ४ केन्द्रिय सदस्यद्वय अशोक यादव र चित्तरञ्जन यादव जिल्ला भेलाका लागि केन्द्रिय युवा नेताका पक्षबाट रहेको सचिवालय सदस्य संजय पासवानले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page