काठमाडौं, १६ चैत । सरकारले चार दिनका लागि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा बसेको आकस्मिक बैठकले केही दिनदेखि जारी वायु प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ गते मङ्गलवारदेखि २० गते शुक्रवारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरू बन्द हुने जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/Education-854x1024.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/Education-854x1024.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment