बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जना पक्राउ

बिराटनगर, चैत्र २५ गते । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको कटहरी गाउँपालिका-१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

जहदा गाउँपालिका-४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् ।

चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान, LED TV १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर-८ बाट चैत्र २४ गते दिउँसो पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page