समाज

शम्भुनाथमा मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

कञ्चनरुप (सप्तरी) , चैत्र २७ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२४३ नम्वरको मोटरसाइकल चालक खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो. अनवर अली रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page