समाज

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु ,तीन जना गम्भीर घाईते

बृजमान तामाङ /
बिरेन्द्र बजार,२७ चैत ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा बिहीबार मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाईते भएका छ्न् ।
दुर्घटनामा परि सप्तरी खडक नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ३५ को अनवर अलीको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स८प ७६३० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको स ६ प ५२४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा ५२४३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको थाहा पाउनसाथ प्रहरीले घाईतेहरुको उद्वार गरि उपचारका लागि अस्पताल पठाएको स्थानीयबासीले बताएका छ्न् ।
अलीको उपचारका लागि नैजाने क्रममामा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलको पछाडी सवार उनका पत्नी वर्ष ३४ कि निशा खातुन र छोरा वर्ष ६ का समीर खान घाइते भएको घाईतेको आफान्तले बताएका छ्न् ।
यसैगरी अर्को मोटरसाइकलको पछाडी सवार सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ का टिक बहादुर तामाङ समेत घाईते भएका छन । घाईते तीनै जनाको सप्तरीको रायपुर स्थित युनिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाइकल चालक सप्तरी रुपनी गाउँपालिका वडा नम्बर ६ बस्ने राम बहादुर कार्की समेत सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको तथा घटना बारे अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त दुबै सवारीसाधन र अर्को मोटरसाइकल चालक कार्की प्रहरी नियन्त्रणमा रहेको तथा मृतक अलीको शवलाई आवश्यक प्रक्रिया पूरा गरि परिक्षणका लागि गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजबिराज पठाएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
स्थानीयबासीका अनुसार घटना साँझ ७ बजेतिरको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मृतक सवार मोटरसाइकल बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलमा ठोक्किन पुगेको स्थानीयहरुले जनाएका छन् ।
दुर्घटनामा मृतक अलि सवार मोटरसाइकलमा बढी क्षती भएको स्थानीयले बताएका छ्न । अर्को मोटरसाइकलमा भने सामान्य क्षति भएको छ । मोटरसाइकल चालक कार्कीले आफू आफ्नै साईडबाट आउँदै गर्दा अर्को मोटरसाइकलले एक्कासी ठक्कर हानेको बताउँदै आएका छ्न् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page