समाज

धरानको पानमारीबाट प्रतिबन्धीत औषधी सहित १ पक्राउ

धरान , चैत्र २९ गते । प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको धरान १० का २६ वर्षीय दिनेश खड्का रहेका छन ।
उनलाई आज बिहान ९ बजे धरान ६ पानमारी स्थितबाट प्रतिबन्धीत औषधी सहित पक्राउ गरिएको हो । उनको साथबाट CETADOL 344 क्याप्सुल र SPASPAIN 333 क्याप्सुल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको सो कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page