समाज

सप्तकोसी नगरपालिका फत्तेपुरमा रक्तदान कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर , चैत्र ३० गते ।
सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका फत्तेपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा सप्तकोसी ओद्राहाको आयोजना र रेडक्रस सोसाइटी राजबिराज शाखाको प्राबिधिक सहयोगमा सोमबार सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
बिहान ९ बजेबाट सुरु भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरि २२ पाउन्ट रक्त संकलन गरिएको उपशाखा ओद्राहाका सभापती रविन्द्र चौधरीले बताए ।
कार्यक्रममा रक्तदान गर्ने महिला तथा पुरुषहरुको उत्साहजनक सहभागिता रहेको उप शाखा सदस्य रमन कर्णले बताएका छन् ।
कोभिड १९ का कारण देशमा अहिले रगतको निकै नै अभाव छ । यसैबीच रगतको अभावको हुन नदिने उदेश्यले रगत संकलन गरिएको उपशाखा सदस्य गुणराज कोइरालाले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page