धर्म संस्कृति

कोरोनाको कहर बिच लाग्दै अग्नीसाईर मेला, स्वस्थ्य मापदण्ड अनिवार्य पालना गर्न गाउँपालिकाको आग्रह

बृजमान तामाङ /
बिरेन्द्र बजार, ३१ चैत ।
नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन लाग्ने अग्नीसाईर मेला कोरोनाको कहरका बीच पनि लाग्ने भएको छ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको अग्नीसाईर मेला कोरोना संक्रमणका जोखिम बीच पनि लाग्ने भएको हो । प्रत्येक वर्ष वैशाख १ गते लाग्दै आएको अग्नीसाई मेला गत वर्ष कोरोनाका कारण देशैभरी लकडाउन भएपछि मेला प्रभावित भएको थियो । यस वर्ष समेत २५ जना भन्दा बढी भिड्भाड नगर्न स्थानीय प्रशासनले रोक लगाए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।
सप्तरीमा जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना निकालेर बढिभिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाएर मात्र घर बाहिर निस्कन गरिएको आग्रहलाई उल्लंघन गरिदै आएको छ । हजारौं मानिसको भिडभाड हुने अग्नीसाईर मेलालाई यस बर्षभने कुनै पनि निकायले रोक नलगाएका कारण कोरोनाको महामारी फैलिने खतरा रहेको स्थानीयहरु बताउछ्न् ।
देशमा कोरोना बढिरहेको छ, एक स्थानीयले भने , संक्रमण फैलिने जोखिम हुदा समेत सरोकारवालाहरु मौन छ, उनले थपे, मेलामा मनिसहरुको भिडधेरै हुने भएकोले मेला लगाउनु रोक लगाउनु पर्ने थियो ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले मेलामा रोक नलगाएको बताए । उनले मेला लागाउन रोक नलाएपनि स्वास्थ्य मापदण्डलाई कडाई गरिएको बताए । उनले मेलामा धेरै भिड नगर्न, माक्स अनिवार्य लगाउन तथा स्वस्थ्य मापदण्ड पालन गर्न आग्रह समेत गरे ।
अग्नीसाईर मन्दिरका अध्यक्ष शुरेश चौधरीले मेलालाई ब्यबस्थित रुपले लगाईने बताए । मेलामा आउने भक्तजनहरुलाई ब्यबस्थित गर्न स्वयंसेवक खटाएने बताए । मन्दिरको नामबाट पालिकाको नामाङ्कन अग्नीसाईर कृष्णासरन गाउँपालिका गरिएको छ ।
मेलामा नेपाल तथा भारतका गरि लाखौं भक्तजनहरु मन्दिरमा पुजा गर्न आउने गर्छन । अग्नीसाईर मन्दिरको पूजा गरे दिर्गरोग निको हुने, गाउँ घरमा शान्ती हुने, धन आर्जन हुने आफुले चाहेको मनोकामान पूरा हुने जनबिश्वास रहेको छ । मन्दिरमा भाकल गरे अनुसार बोका ,परेवा , कुखुराको बलि चढाउने चलन रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page