समाज

बर्दिबासमा साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु ;एकजना गम्भीर घाइते

बर्दिबास , ३१ चैत्र । बर्दिबासमा मंगलबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरीको कालेपोखरी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र दुलाल रहेका छन । सोही मोटरसाइकलको पछाडि सवार २७ वर्षीय केदार वास्तोला गम्भीर घाइते भएका छन् ।
सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको लु १ क ८४५० नम्बरको ट्रकले भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते वास्तोलाको बर्दिबासस्थित अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page