समाज

पाँचथरमा ट्याक्टरबाट लडी सह चालकको मृत्यु

पाँचथर, वैशाख २ गते । पाँचथरमा ट्याक्टरबाट लडी सह चालकको मृत्यु मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङ रहेका छन ।
सुकेधामबाट बुधबार बेलुका च्याङथापु तर्फ जादै गरेको प्रदेश १-०१-००१ त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक चेम्जोङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्याक्टर र चालक पाँचथर कुम्मायक ३ रानिगाँउका २३ वर्षीय काली बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page