शिक्षा

लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाद्वारा दलित तथा छात्रा छात्रवृत्ति वितरण

कञ्चनरुप ,२०७८ वैशाख १ गते ।
लक्ष्मीनारायण माध्यमिक विद्यालय कञ्चनरुप १ वैरवा सप्तरीले मंगलवार शैक्षिक वर्ष २०७७ को दलित तथा छात्रा छात्रवृत्ति वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले रोजगारमूलक प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेकोले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी बनाउन शिक्षक र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतराज शर्मा, शिक्षा शाखाका संयोजक ललितनारायण यादव, नगर प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कक्षा १ देखि कक्षा ८ सम्मका १ सय ४७ जना विद्यार्थीहरुलाई रु. ४ सयका दरले ५८ हजार ४ सय दलित तथा छात्रा छात्रवृत्ति र कक्षा ९ र १० का ७८ जना विद्यार्थीहरुलाई रु. ५ सयका दरले ३९ हजार दलित तथा छात्रा छात्रवृत्ति प्रदान गरिएको शिक्षक दिपक निरौलाले जानकारी गराउनसभयो ।
सहायक प्रधानाध्यापक चन्देश्वर मण्डलको अध्यक्षतामा छात्रवृत्ति वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page