धर्म संस्कृति मधेस प्रदेश

सप्तरीको रुपनगरमा वर्षमा एकपटक फुल्ने हारम(सुनाखरी) फूल १५ वर्षदेखि पुल्दै

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , १ वैशाख २०७८ ।
सौन्दर्यको रुपमा रहेको फूललाई मन नपराउने को होला र ? त्यसमा पनि वर्षमा १ दिन फूल्ने हारम (सुनाखरी) फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फुल हेर्नलाई मानिसहरूको भिड नै लाग्ने गर्दछ ।
इसाको छैठौं र सातौं शताब्दी देखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन विहानै फुल्नु र साँझपख ओइलाएर जानु एउटा आश्चर्य र कौतुहलताको विषय बन्ने गरेको छ ।
दलित मध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पुजनीयका रुपमा रहेका वीरगाथाका वीरपुरुष सहलेशको जीवनसंग त्यस फूललाई जोडने गरेको पाइन्छ ।
प्रदेश नम्बर २ अन्तर्गत पूर्व पश्चिम राजमार्ग देखि पश्चिम विष्णु मन्दिर टोल स्थित कञ्चनरूप –९ रुपनगर अन्तर्गत नवराज पोखरेलको आँपको फुलबारीमा आँपको रुखको हाँगामा विगत १५ वर्षदेखि वर्षको पहिलो दिन त्यो दुर्लभ सुनाखरी फुल फुल्ने गर्दछ ।

सप्तरीको रुपनगरमा वर्षमा एकपटक फुल्ने हारम(सुनाखरी) फूल १५ वर्षदेखि पुल्दै

धेरै वर्ष अगाडि देखि नै रुपनगर क्षेत्रमा यो फुलेको हामीले देख्ने गरेको र त्यस फूल प्रति त्यति वास्ता नगरेपछि आफ्नो क्षेत्रको पहिचान पछाडि पर्ने गरेको स्थानीय वृद्ध गुणराज पोखरेल बताउनुहुन्छ ।
हामीहरू अरुको ठाउँको मात्रै गुनगान गाउँछौँ तर आफनै ठाउँको पनि तारिफ गर्न गुनगान गाउन लायक ठाउँहरु छन ।
बर्षको एक दिन बैशाख १ गते मात्र फुल्ने फुल सप्तरीको कंचनरुप ९ रुपनगर नबराज पोखरेलको आँप को बोटमा एसपाली पनि फुलेको छ ।
बिगत १५ बर्ष देखो यो सुनाखरिको फुल फुल्दै आएको छ तर यसको प्रचारप्रसार नहुदा यसको अस्तित्वमा ह्रास आउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।
फूल फुलेको बगैंचा देखि १ सय मिटर दक्षिण पूर्वमा साक्षात प्रकट नारायण विष्णुको मन्दिर रहेको छ भने ३ किलोमिटर पश्चिम उत्तर कञ्चनरूप १२ धारापानी पर्यटकीय स्थल भित्र सहलेश राजाको वास स्थानको रुपमा रहेको सहलेश पिडिया छ । त्यहाँ ३ वटा ढुङ्गाको पिरा रहेको र पिरा जसले बोकेर लान्छ त्यसको मृत्यु भएको इतिहास रहेको पाइन्छ ।
एउटा बाबाजीले पिरा बोकेर ल्याउदा खोलामा आएपछि बाबाजीको मृत्यु भएको , पिरा फुटेको र सहलेश पिडियनमा फेरि अर्को पिरा प्रकट भई ३ वटै पिरा रहेको छ ।
यसले के स्पष्ट हुन्छ भने यस क्षेत्रमा सहलेश राजाको वास स्थान रहेको पाइन्छ । यस क्षेत्रहरुको प्रवद्धन संरक्षण गर्न सके प्रदेश नम्बर २ कै नमूना धार्मिक पर्यटकिय स्थल बन्ने स्थानियको विश्वास रहेको छ ।

सप्तरीको रुपनगरमा वर्षमा एकपटक फुल्ने हारम(सुनाखरी) फूल १५ वर्षदेखि पुल्दै
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page