समाज

सप्तरीको हनुमाननगरमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) , ३ वैशाख । सप्तरीको हनुमाननगरमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई रेखदेख गर्न गएका प्रमाणीलाई आज (शुक्रबार) बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँने तयारी भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

   

You cannot copy content of this page