समाज

सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा छ लाख बराबरको क्षति

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सप्तरी , २ वैशाख । सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ ।
बिहीबार दिउँसो जिल्लाको बलान विहुल गाउँपालिका–१ कमलदाहा स्थित खमिर लाल यादवको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा छ लाख बराबरको क्षति भएको हो ।
आगलागीमा यादवको घरमा रहेको १५ हजार नगद , साउण्ड सिस्टम (डिजे) उपकरणहरु, खाद्यान्न, लत्ताकपडासहितका सामानहरु जलेर नष्ट हुँदा करिब छ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page