स्वास्थ्य

कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पतालका ६ जना स्वास्थ्यकर्मी संक्रमित

नेपालगञ्ज , ४ वैशाख । कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
उनीहरुले कतिपयले दुबै डोज लगाएका छन् भने कतिपयले एक डोज मात्रै लगाएका थिए ।
कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप लगाएका अस्पतालका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएको भेरी अस्पतालले जनाएको छ । अस्पतालको विभिन्न वार्ड तथा प्रशासन शाखामा कार्यरत ६ जनालाई कोरोना संक्रमण भएको हो ।
अस्पतालका अन्य स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page