अर्थतन्त्र

नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं , वैशाख ४ गते । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ।
निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page