राजनीति

अखिल मधेशी विद्यार्थी सभा गठन भएको घोषणा

भूपदेव माली /
राजविराज ०८ बैशाख ।
अखिल मधेशी विद्यार्थी सभाको गठन भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदह स्थित श्री सप्तऋषि कंकालिनी विद्या मंदिरम एक कार्यक्रम गरी प्रेस विज्ञप्ति तथा सो गठित संगठनको उद्देश्य सहितको दस्तावेज प्रस्तुत गर्दै नव गठित अखिल मधेशी विद्यार्थी सभाको घोषणा गरिएको हो ।
संयोजक राजनारायण यादव, मार्गदर्शक राम सिंह लगायतको उपस्थिती रहेको सो कार्यक्रममा सहजकर्ता देवलाल खंगले प्रेस विज्ञप्ति पढेर घोषणा गरिएको हो ।
जारी विज्ञप्तिमा मधेशी विद्यार्थीहरु माथि शोषण दमन, उत्पिडन र राजनैतिक बहिष्करण भईरहेको ठहर गर्दै विद्यार्थी वर्गमा राष्ट्रवादी चिन्तन, अध्यात्मिक एवं नैतिक चिन्तन, आर्थिक, साँस्कृतिक, तथा राजनैतिक चिन्तनको मन मस्तिकमा गर्दै सो तर्फ उत्थान विकासका उद्देश्यले सो विद्यार्थी सभाको गठन भएको उल्लेख गरिएको छ ।
ज्ञान, शील, एकता, शैक्षणिक परिवारको अवधारणा तथा मार्गदर्शक सिद्धान्तलाई आवलम्बन गर्दै मधेश मुक्तिको थप बल समेत पु¥याउने उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको सँगै नव गठित विद्यार्थी सभाको सम्बन्धमा शिक्षा क्षेत्रमा समानता र रोजगारीको अवसर प्राप्ति बारेमा उद्देश्य सहित २१ बुदेँ माँग समेत उल्लेख गरिएको धर्ना–पत्र दस्तावेज प्रस्तुत गरिएको छन् ।
विद्यार्थी सभाका संयोजक राजनारायण यादवले प्रस्तुत गरिएको सो धर्ना पत्रमा मधेशी विद्यार्थी प्रति राज्यद्वारा भईरहेको भेदभाव बारेमा ऐतिहासिक तथ्यहरु समेत दर्शाएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page