राजनीति

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय : रात्रिकालीन व्यवसाय पनि बन्द

काठमाण्डौ । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page