कोशी प्रदेश समाज

सुनसरीको बराहक्षेत्रमा बुवाको हत्या अभियोगमा छोरा पक्राउ

सुनसरी , बैशाख ९ गते । सुनसरीको बराहक्षेत्रमा आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बराहक्षेत्र ९ का १७ वर्षीय उमेश पौडेल रहेका छन् ।
उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले यही बैशाख ७ गते ३८ वर्षीय बुबा उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page