समाज स्वास्थ्य

कञ्चनरुप – १२ मा सुनौलो हजारदिनका आमा छनौट कार्य सुरु

कञ्चनरुप , बैशाख ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु छनौट गर्ने काम सुरु भएको छ ।
यस वडामा ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनौट गरी उनिहरुको नामावली वडाबाट प्रमाणित गराएर नगरपालिका स्वास्थ्य शाखामा पठाउनु पर्नेछ । बिहिवार बसेको बैठककोे निर्णयानुसार दलित, विपन्न र अन्य आमाहरुलाई छनौट गर्नुपर्ने छ र तीन दिन भित्रमा नामावली पठाईसक्नु पर्नेछ ।

वडाध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयंसेविका, बुद्घिजिवि, महिला, पुरुषको उपस्थिति रहेको थियो । सो अवसरमा कञ्चनरुप नपा स्वास्थ्य शाखा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले छनौट गर्ने तरीका र कस्तालाई प्राथमिकतामा राख्ने भन्नेबारेमा जानकारी गराएकी थिइन् ।
यस वडामा साविक गाबिस रुपनगरको १, २, ३, ४, ७, धरमपुरको ८ र घोघनपुरको ९ गरी ७ वटा वडाहरु र १२ वटा टोल पर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page