शिक्षा

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ ।
त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको आज बसेको बैठकले पूर्व निर्धारित सबै परीक्षा भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।
त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने हुँदा स्थगित गरिएको परीक्ष नियन्त्रण कार्यालयले भर्खरै एक सूचना जारी गरी जानकारी दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page