कोशी प्रदेश समाज

आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

मोरङ । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ वर्षीय सागर तामाङ् र सोही स्थानका १७ वर्षीय दिपेश राजवंशी रहेका छन् ।
प्रहरीको टोलीले मंगलबार बेलुका ७ बजे चेकजाँचको क्रममा प्रतिबन्धीत औषधीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page