शिक्षा

शिक्षाले मानिसको जीवनलाई उज्वल बनाउने भएकाले शिक्षा क्षेत्रको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने

कञ्चनरुप , वैशाख १५ गते । शिक्षाले मानिसको जीवनलाई उज्वल बनाउने भएकाले शिक्षा क्षेत्रको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
बुधबार पब्लिक आधारभूत विद्यालय कञ्चनरुप ८ कंचनपुरको १६ लाखको लागतमा दुई कोठे पक्कि भवन निर्माण योजनाका लागि उपभोक्ता समिति गठन कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले सो कुरा बताउनुभएको हो ।
शिक्षामा पहुँच नभएकै कारण महिला , दलित तथा गरिबहरु पछाडि परेको बताउँदै शिक्षाले जीवनको अन्धकारलाई मेटाउने भएकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

शिक्षा शाखाका संयोजक ललित नारायण यादव, समाजसेवी मनोज मिश्र लगायतका वक्ताहरुले विकास निर्माणका कार्यहरु गुणस्तरीय हुनुपर्ने र योगदानको कदर हुन आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रमबाट भोला कुमार थापाको अध्यक्षतामा ७ सदस्यिय दुई कोठे पक्की भवन निर्माण उपभोक्ता समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसको सचिव, कोषाध्यक्ष, क्रमश : पवन मण्डल, लक्ष्मी कुमारी मण्डल रहेका छन् भने सदस्यहरुमा रामेश्वर मण्डल , जोगधर साह, सरोज सदा, शिवो कुमारी मण्डल रहेका छन् ।
वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page